Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति भएको छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष माओवादीबाटै हुने दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् । उनले सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले राष्ट्रियसभा अध्यक्ष पाउने जिकिर गरे ।

उपमहासचिव शर्माले भने,‘सबैभन्दा ठूलो दल हाम्रो हो, उसले दाबी नगरेर अरु कसले गर्छ रु व्यक्तिगत रुपमा कांग्रेसलाई दिने भन्ने कुरा कसले कहाँ गर्‍यो, हामीलाई थाहा छैन। संस्थागत रुपमा कुनै सहमति भएको छैन ।’

उनले सत्ता हस्तान्तरणपछि संवैधानिक परिषदमा शून्य हुने भएकाले राष्ट्रियसभाको अध्यक्ष माओवादीकै हुने दाबी गरे।

यद्यपि गठबन्धनमा राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई बनाउने भन्ने सहमति बनिसकेको कांग्रेसका नेताहरुले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077