Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संसद् भवनभित्रै प्रदर्शन गर्ने ४९ लघुवित्त पीडित पक्राउ

    संसद् भवनभित्रै प्रदर्शन गर्ने ४९ लघुवित्त पीडित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 885
    SHARES

    काठमाडौं । निषेधित क्षेत्र तोडेर बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

    संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।



    आइतबार सिफलमा थाल ठटाएर प्रदर्शन गरेका उनीहरू सोमबार नयाँबानेश्वरको संसद् भवन प्रवेश गरेका हुन् ।



    माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूले बताउँदै आएका छन् ।

    प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पनि लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    ​​ उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार