Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको दोस्रो दिन १३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

पहिलो कारोबार दिन आइतबार २६.८१ अंकले घटेको नेप्से आज १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो।

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ। यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन ३ अर्ब ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,नेपाल वेयर हाउजिङ कम्पनी,सोनापुर मिनरल्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था कमाउने पाँच कम्पनीभित्र परे।

यसदिन समाज लघुवित्त वित्तीयका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ७१ लाख ८० हजार २२९ रुपैयाँको सेयर कारोबार भयो।

हिमालयन रिइन्स्योरेन्सले ७ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा शिवम् सिमेन्ट,गोर्खाज फाइनान्स र सन नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड मूल्य बराबरको कारोबार गरे।

शसदिन १० उपसमूहको सूचक बढ्दा ३ को सूचक नकारात्मक देखिए। कारोबारमा आएका १६७ कम्पनीको मूल्य बढ्दा ७५ वटाको घट्यो भने ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077