Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • रवि लामिछानेको प्रश्न – विवादित मन्त्रीलाई पद छोड्न केले छेकेको छ ?

    रवि लामिछानेको प्रश्न – विवादित मन्त्रीलाई पद छोड्न केले छेकेको छ ?

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 594
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखबाट रुलिङ भइसके पनि सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाएका हुन् ।



    सभापति लामिछानेले आफूमाथि आरोप लागिसकेपछि मन्त्रीहरूलाई संसद्‌मा उभिएर जवाफ दिन केले रोक्यो ? भन्दै प्रश्न उठाए ।



    सभापति लामिछानेले भने,‘संसदलाई आरोप प्रत्यारोपको क्षेत्र किन बनाइँदैछ ? सभामुखले रुलिङ भइसकेका विषयमा विवादित केही मन्त्रीहरूलाई आफूलाई लागेको आरोपका विषयमा सदनमा उभिएर जवाफ दिन रोकेको छ चाहिँ के ले ? किन पटक-पटक मागिराख्नुपर्ने ? यदि कुनै अप्ठ्यारो छैन । आफूमाथि उठेका आरोपका जवाफ दिनसक्ने यथेष्ट आधारहरू छन् । ती आरोप या निराधार हो भने संसद्‍मा उभिएर भन्ने केले रोक्यो ?’

    उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण जनाए ।

    सभापति लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित भ्रष्टाचारमा मुछिएर अख्तियारमा बयान दिएका मन्त्रीहरूको राजीनामा किन नदिएको र प्रधानमन्त्रीले किन नहटाएको भन्दै प्रश्न गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार