Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको नाराबाजी

काठमाडौं । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवादित मन्त्रीहरुको सम्बन्धमा कहिले जवाफ आउने हो त्यो तोकिएर रुलिङको माग राखेकका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुको सम्बन्धमा दिन, घण्टा र मिनेट तोकेर रुलिङको माग गरे ।

त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077