Online Nepal
  • शनिबार, ६ बैशाख २०८२
  • १४ किलो सुन तस्करीका योजनाकार प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

    १४ किलो सुन तस्करीका योजनाकार प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । डिल्लीबजारको कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ पक्राउ परेका छन् ।

    १४ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।



    स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली गुरुङलाई पक्राउ गरेको हो ।

    गत २१ मंसिरमा विमानस्थलमा बरामद भएको १४ किलो सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।

    उनी १४ किलो सुन तस्करीका योजनाकार रहेको पाइएको थियो । त्यस यता उनी फरार अवस्थामा रहेका थिए ।

    २१ मंसिरमा भन्सारले १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । घलेलाई सुन तस्करीमा परिचालन गर्ने मिनबहादुर घलेलाई उनै गुरुङले काममा लगाउँदै आएका थिए ।

    गुरुङ वर्षौदेखि सुन तस्करी लगायत आपराधिक गतिविधिमा संलग्न रहेको स्रोत बताउँछ । उनको माओवादीका विद्यार्थी नेता दिपेश पुनसँग निकटता देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार