Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उमा ज्ञवाली एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उमा ज्ञवालीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी प्रहरी उपरीक्षक (एसपी) ज्ञवालीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077