Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो। यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चिरख्वा हाइड्रोपावरको सेयर ८.५५ प्रतिशतले बढ्दा धवलागिरि लघुवित्त वित्तीय संस्थाको ६.६६,गुराँस फाइनान्सको ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड मूल्य बढिको सेयर कारोबार भयो।

जोशी हाइड्रोपावरको ११ करोड ३ लाख,हिमालयन रिइन्स्योरेन्सको ११ करोड १ लाख,गुराँस फाइनान्सको १० करोड र नगदी ग्रुपको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज २ उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स र मनु एन्ड प्रो उपसमूहबाहेक अन्यको सूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077