Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनाल मिटरब्याज पीडितको आन्दोलनमा सहभागी हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी हुने भएका छन्।

खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए ।

नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ ।

देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडौं आएका हुन् ।

उनीहरूलाई सरकारले वार्ताका लागि अहिलेसम्म बोलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077