Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • वीरेन्द्रनगरमा गएराति गोली चलाउने भारतीय सुटरसहित चार जना पक्राउ

    वीरेन्द्रनगरमा गएराति गोली चलाउने भारतीय सुटरसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा गएराति गोली चलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनीहरुको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।



    शनिवार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो ।



    यद्यपि गोली उनी चढेको गाडीमा लागेको प्रहरीले जनाएको छ। गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन् ।

    फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ।

    पक्राउ गरिएकामध्ये केहि भारतीय सुटर पनि रहेको प्रहरी स्रोतले बतायो ।

    प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार