Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ७६ रन

    नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ७६ रन

    इनिङ्स सम्हाल्दै कुशल र रोहित

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 588
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर सकिँदा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।



    नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३७ र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेल नौ रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ३.८० रहेको छ ।



    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।

    उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए ।

    ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको थियो । नेपालले दोस्रो विकेटमा रूपमा भने अनिल शाहलाई गुमाएको थियो । तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए ।

    उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए । भिभियन किङ्माले लिएको यो दोस्रो विकेट थियो । ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार