Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपालले गुमायो लगातार तेस्रो विकेट, कुशल मल्ल २ रनमै आउट

    नेपालले गुमायो लगातार तेस्रो विकेट, कुशल मल्ल २ रनमै आउट

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 495
    SHARES

    काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालले लगातार तेस्रो विकेट गुमाएको छ।

    १३ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै ५४ रन बनाएर खेलिरहेको छ। नेपालले तेस्रो विकेटमा रुपमा कुशल मल्ललाई गुमाएको हो ।



    चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल दुई रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका हुन् ।



    मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको छ। त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।

    उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

    उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए । ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको छ ।

    नेपालले दोस्रो विकेटमा रुपमा भने अनिल शाहलाई गुमाएको थियो । तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार