Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जात विशेष राज्य चलाउन खोज्नु लोकतन्त्र होइन, त्यो निरङ्कुशतन्त्र हो : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै एक जात विशेष र भाषा विशेषमा मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र नभएको बताएका छन् ।

सर्लाहीको बागमती नगरपालिकाले आयोजना गरेको शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, 'कुनै एक जात विशेष र भाषा विशेषमा मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र होइन, त्यो निरङ्कुशतन्त्र हो भन्ने कुरा २५० वर्षले राम्रै प्रमाणित गरिसकेको छ ।'

उनले सबै वर्ग, समुदाय, भाषाभाषी, सँस्कृति, पर्व र परम्परालाई एउटै सुत्रमा बाँधेरमात्रै राष्ट्रिय एकता कायम हुनसक्ने बताए । सबैको अधिकारलाई समानरूपले स्थापित गर्नसक्यो भने देशमा एकता हुनसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077