Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भ्रष्टाचार मुद्दामा मुछिएपछि राप्रपाका प्रदेशसभा सदस्य यादव निलम्बित

    भ्रष्टाचार मुद्दामा मुछिएपछि राप्रपाका प्रदेशसभा सदस्य यादव निलम्बित

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 939
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशका सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु ३ (२) मा विजयी भएका सांसद यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका हुन् ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुछ विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौंमा सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानिनोक्सानी गरेको उनीमाथि आरोप छ ।



    प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले यादवको उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछन् ।

    लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार