Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यानद्वारा भूकम्प पीडितलाई २० लाख सहयोग

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ।

संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो ।

आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम सहयोग गरिएको क्यानले बताएको छ।

क्यानले सम्पूर्ण घाइते भूकम्प पिडितको स्वास्थ्य लाभको कामना र भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077