Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले माग्यो रेशम चौधरीले सदस्यता लिएको मितिबारे जानकारी

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि नै प्रश्न उठाएको छ ।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो ।

तर आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको हो । आयोगका अनुसार केही प्रश्न सोधिएको छ ।

उक्त जवाफ आएपछि थप निर्णय गर्ने आयोगको तयारी छ । कैलालीको टीकापुरमा गत पुस २७ गते भएको पार्टीको प्रथम महाधिवेशनबाट चौधरी पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए । पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन् । रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077