Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार मुद्दामा प्रहरीका सइ दोषी ठहर

काठमाडौं । ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायब निरीक्षक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

बर्दियाको मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद घुससहित पक्राउ परेका तीन महिनामै अदालतबाट दोषी ठहर भएका छन् ।

उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो ।

मुद्दा दायर भएको दुई महिनामै बिशेष अदालतले फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077