Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • उडेको नौ मिनेटमै काठमाडौं फर्केको एयर डाइनेष्टीको हेलिकप्टर फेरि लुक्ला तर्फ उड्यो

    उडेको नौ मिनेटमै काठमाडौं फर्केको एयर डाइनेष्टीको हेलिकप्टर फेरि लुक्ला तर्फ उड्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 834
    SHARES

    काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौं फिर्ता भएको छ।

    नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो।



    तर, उडेको ९ मिनेटमै अर्थात् ८ः२३ मिनेटमै हेलिकोप्टर काठमाडौंमा ल्याण्ड गरेको हो।



    हेलिकोप्टरबाट काठमाडौंदेखि लुक्लासम्मको हेलिकोप्टर उडान करिब ४५ मिनेटको हुन्छ ।

    हेलिकोप्टर बीच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई कारण मानिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समस्या देखिएको हेलिकप्टरको प्राविधिक जाँच पनि पुनः लुक्ला उडान भरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार