कैलाली । नेकपा एमाले कैलालीको नेतृत्वको लागि छैटौँ दिनमा मतदान सुरु भएको छ । अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा मतदान सुरु भएको हो ।
आज बिहान पौने ९ बजेदेखि मतदान जारी छ । पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण निकै ढिलो गरी मतदान सुरु भएको हो ।
जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाबिच प्रतिस्पर्धा हुँदै छ ।
निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् । ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडीको सुखडमा नवौँ अधिवेशनको उदघाटन गरेका थिए ।