Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बिहीबार बसको सचिवालय बैठकले प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला वा पार्टी नै सरकारबाट बाहिरिने विषयमा कदम चाल्ने निर्णय गरेको हो ।

प्रतिवेदन पूरै नहेरी ज्वालाबारे निर्णय गर्न नहुने निष्कर्षमा पार्टी पुगेको छ ।

गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको विषयमा छानबिन समितिले मन्त्री ज्वालालाई पनि दोषी देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077