काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक २२ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको छ ।
च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितमा गम्भीर आघात पुर्याएको निष्कर्ष निकालेको हो ।
यस्तै एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ ।
गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्याएको पनि एमालेको निष्कर्ष छ । यस्तै एमाले विवादित मन्त्रीहरू तत्काल हटाउन भनेको छ ।
मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न पनि सरकारसँग एमालेले आग्रह गरेको छ ।





