Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान चलाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभाग, सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल गरेको थियो ।

बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बतायएको छ । चैत्रपछि तीन वटा अभियान चलाउने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077