Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका सात एसपीको काज सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालको मानवस्रोत विभागले सात जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ।

मानव स्रोत विभागले एसपीहरू श्यामसिंह चौधरी,विनोद सिलवाल,विमल बस्नेत, वीरेन्द्र शाही, विमलराज कँडेल, बालनरसिंह राणा र नान्तीराज गुरुङको काज सरुवा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी चौधरीलाई पठाइएको छ । सर्वोच्च अदालत सुरक्षा कार्यालयमा सिलवाल, संसद्को मर्यादापालक प्रमुखमा बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा एसपी शाहीलाई सरुवा गरिएको छ ।

एसपी कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, राणालाई महिला बालबालिका निर्देशनालय र एसपी गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077