Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललिता निवासको जग्गा खाली गर्न माइकिङ सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास जग्गा खाली गर्न माइकिङ शुरू गरेको छ ।

हिजो बुधबार जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेकै दिन महानगर प्रहरीको टोलीले माइकिङ शुरू गरेको हो ।

प्रहरीले ६ दिनसम्म आफैं हट्न आग्रह गर्दै माइकिङ गरी सातदिने सूचना जारी गरेको अन्तिम दिन अर्थात् आगामी सोमबारभित्र खाली नगरे भत्काउने भएको छ।

कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले हिजो बुधबारबाट माइकिङ शुरू गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘लगातार सूचना दिनेछौं, सात दिनसम्म पनि नहटाएर भत्काउने योजना बनाएका छौं।’

कामपाले एनआरएनए मुख्यालय र भाटभटेनीको गोदाम घरलाई मुख्य तारो बनाएको छ। तीबाहेक लालपुर्जा लिएर बसेका अन्य आधा दर्जन घरसमेत छन्। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077