Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अवस्था सामान्य बनेपछि वीरगञ्ज र ईशनाथमा कर्फ्यु हट्यो

    अवस्था सामान्य बनेपछि वीरगञ्ज र ईशनाथमा कर्फ्यु हट्यो

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 582
    SHARES

    फाइल तस्विर

    पर्सा । पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगञ्जमा अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि कर्फ्यु पूर्ण रुपमा हटाइएको हो ।



    गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमवारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको थियो ।



    यस्तै, जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ईशनाथ नगरपालिकामा पनि हिजो बेलुकादेखि कर्फ्यु हटाइएको छ ।

    ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि गएको शनिवार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार