Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज फागुन १० गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल फागुन १० गते बिहिबारको राशिफल ।

मेष

अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मिथुन

आज मान प्रतिष्ठामा वृद्धि पनि होला । इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह

सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

तुला

महिला वा मित्रबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुने र धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।

धनु

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउला बढी सजग रहनु होला ।

कुम्भ

आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ ।

बृष

आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कर्कट

मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या

आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा मधुरता पनि छाउला ।

बृश्चिक

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।

मकर

आज नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

मीन

आज इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077