Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको निर्देशन - जनस्तरका सामुदायिक संघ–संस्थामा दलीय प्रतिस्पर्धा नगर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी जनस्तरका सामुदायिक सङ्घ–संस्थाको नेतृत्व छनौटमा दलीय प्रतिस्पर्धा नगर्न नेता/कार्यकर्तालाई निर्देशन दिएको छ ।

केही ठाउँका खानेपानी समिति, उपभोक्ता समिति लगायतमा रास्वपाका व्यक्ति निर्वाचित भएको खबर सार्वजकि भएपछि रास्वपाले बुधबार विज्ञप्ति निकालेर यस्तो निदेर्शन दिएको हो ।

विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता÷व्यवस्थापन समिति तथा विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत भएको रास्वपाको ठहर छ ।

पार्टीको नीति विपरीत क्रियाकलाप गरेको पाइएमा कडा कारबाही गर्ने पनि रास्वपाले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077