Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ ।

बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै अनेरास्ववियुका विद्यार्थी नेताहरूले काठमाडौंको त्रिचन्द्र कलेजमा बुधवार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

जुलुसमा अध्यक्ष समिक बडाललगायत नेता सहभागी थिए ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077