Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • घुस मुद्दामा प्रतिकूल बकपत्र गर्ने रिजालविरुद्ध भ्रष्टाचार मुदा दायर

    घुस मुद्दामा प्रतिकूल बकपत्र गर्ने रिजालविरुद्ध भ्रष्टाचार मुदा दायर

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 831
    SHARES

    काठमाडौं । घुस मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने यादव रिजालविरुद्ध भ्रष्टाचार मुदा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुदा दायर गरेको हो ।



    नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्राविधिक कर्मचारी (चौथो तह) विर्जुकुमार महतोले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा अख्तियारले रिजाललाई सरकारी साक्षीको रूपमा पेस गरेको थियो ।



    रिजालले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

    रिजालले विद्युत् क्षमतामा अभिवृद्धि गर्न २५ हजार रुपैयाँ घुस प्रतिवादी महतोलाई दिएको कार्य भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार