Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीका दुई मन्त्रीको बचाउ गर्दै खनालले भने–गठबन्धन सरकारप्रति व्यापक असन्तुष्टि छ

झापा । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीमा वृहत् असन्तुष्टि रहेको बताएका छन् ।

बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको टिप्पणी गरे ।

खनालले भने–‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको भन्दै उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए । उनले उद्योगबाट आउने राजश्व १९९५ को भन्दा कम रहेको पनि बताए ।

देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै उनले आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचार, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथ नयाँ ढंगले सरकार आउनुपर्ने औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077