Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रहरी भर्नाको प्रवेशपत्रमा सन्नी लियोनीको तस्बिर ?

    प्रहरी भर्नाको प्रवेशपत्रमा सन्नी लियोनीको तस्बिर ?

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कन्स्टेबल भर्ती परीक्षाको प्रवेशपत्रमा बलिउड अभिनेत्री सन्नी लियोनीको तस्बिर आएको पाइएको छ । भारतको एक अनलाइनले यसबारे समाचार प्रकाशित गरेको छ ।

    यूपी प्रहरीमा भर्ती परीक्षाको एउटा प्रवेश पत्रमा सन्नी लियोनीको नाम र तस्बिर आएपछि उक्त प्रवेशपत्र भाइरल बनेको छ।



    उक्त प्रवेश परीक्षामा दर्ता र रोल नम्बरमा चाहिँ उम्मेदवारकै छ । महोबा जिल्लाको रगौलिया बुजुर्ग गाउँका बासिन्दा धर्मेन्द्र कुमारले आफ्नो प्रवेश पत्रमा सन्नी लियोनीको तस्बिर कसरी आयो भनेर भिडिओमार्फत बताएका छन् ।



    सुरुमा प्रवेशपत्र निकाल्दा त्यसमा आफ्नै फोटो र नाम मात्र रहेको तर पछि कसरी परिवर्तन भयो भनेर थाहा नभएको उनले बताएका छन् ।

    अहिले सामाजिक सञ्जालमा यो प्रवेश परीक्षा भाइरल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार