काठमाडौं । क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपालले २४१ रनको लक्ष्य पाएको छ ।
मूलपनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।
साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरू नेपालले टस जितेर बलिङ रोजेको थियो ।
नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरिरहेका छन् ।
Leave a Reply