Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले र गठबन्धनलाई हराउँदै खानेपानीको अध्यक्षमा रास्वपाका उम्मेदवार निर्वाचित

रुपन्देही । रुपन्देहीस्थित सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

सत्ता गठबन्धन तथा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएका हुन् ।

दुई हजार ४०० मत खसेको चुनावमा क्षेत्री ७०५ मत पाएर विजयी भए । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१, नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खाणले २८१ मत पाए ।

अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । कांग्रेस–माओवादी–एकीकृत समाजवादी–राष्ट्रिय जनमोर्चाको गठबन्धन भने शून्य भएको छ ।

अधिकांश पदमा रास्वपाका उम्मेदवारहरूले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077