Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • क्यानडाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’, सन्दीपले सम्हाले कप्तानी

    क्यानडाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’, सन्दीपले सम्हाले कप्तानी

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।

    मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान सन्दीप जोराले फिल्डिङको निर्णय गरेका हुन् । उनले पाहुना टिमलाई ब्याटिङको निम्तो दिए ।



    आज नियमित कप्तान विनोद भण्डारी प्लेइङ–११ मा नभएपछि नेपालको नेतृत्व सन्दीपले गर्दै छन् ।



    तीन खेलको शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।

    यस्तो छ नेपाल ‘ए’ को प्लेइङ ११ :

    सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर), बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार