Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल

    राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 582
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा न त आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ ।

    महत्त्वाकाङ्क्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आङ्कलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाखमा झारेको थियो ।



    बजेटको आकार घटाउँदा पनि सरकारको सोमबारसम्मको राजस्व संशोधित बजेट लक्ष्यको ४० दशमलव ६८ प्रतिशत मात्र उठेको छ ।



    सरकारले गत साउनदेखि सोमबारसम्ममा ५ खर्ब ७८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ ।

    सरकारले वैदेशिक अनुदानबाट जम्मा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँभन्दा बढी प्राप्त गर्न सकेको छैन । राजधानी दैनिकबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार