Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बालकुमारी घटनाको प्रतिवेदनबारे सत्ता गठबन्धनका तीन नेताबीच छलफल

    बालकुमारी घटनाको प्रतिवेदनबारे सत्ता गठबन्धनका तीन नेताबीच छलफल

    अध्ययन गरेर निष्कर्षमा पुग्ने समझदारी

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 840
    SHARES

    काठमाडौं । बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका विषयमा सत्ता गठबन्धनका शीर्ष तीन नेताबी छलफल भएको छ ।

    सोमबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।



    स्रोतका अनुसार नेताहरुबीच प्रतिवेदन अध्ययन गरेर एउटा निष्कर्षमा पुग्ने समझदारी भएको छ । सोमबार साँझ पदाधिकारी र पूर्वपदाधिकारी बैठक चलिरहेका बेला प्रचण्ड भेट्न सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका थिए ।



    गत शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । एमालेसहितका विपक्षी दलहरुले दोषी ठहर भएका मन्त्री ज्वालाको राजीनामा माग्दै आएका छन् ।

    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    दुई जनाको ज्यान जाने गरी १३ पुसमा भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा घटना हुनुमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उनका पीएसओ र प्रहरीका फिल्ड कमाण्डर डीएसपीलाई जिम्मेवार ठहर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार