Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्राधिकरणको ठेकेदारलाई महानगरले गरायो १ लाख जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ ।

वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो ।

स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलबाड गर्ने गरी कालोपत्रे सडक खनेर बेवास्ता गरेपछि कारबाही गरिएको नगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077