Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन नगर्ने महामन्त्रीको प्रस्ताव हटाउन सभापतिले दिएको दबाब कार्यकर्ताको भावनाविपरीत : अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव महामन्त्रीको प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ताको भावना विपरीत भएको बताएका छन् ।

महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनबाट चुनावमा गठबन्धन नगर्ने प्रस्ताव हटाउने सभापति देउवाले दबाब दिएपछि उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–‘महासमिति बैठकमा पेस हुने प्रतिवेदनमा प्रस्तावित आउने चुनावदेखि कांग्रेसका शुभेच्छुकहरू र कार्यकर्ताले रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थालाई पेचिलो बनाएर त्यसलाई प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ता र शुभेच्छुकको भावनाविपरीत छ ।

आउनुस् एकपटक फेरि कांग्रेसका शुभेच्छुकहरू र कार्यकर्तालाई रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थाका लागि महासमितिमा आवाज बुलन्द गरौं । महासमिति बैठकलाई पूर्ण सफल पारौं ।’

सामाजिक सञ्जाल फेसबुकमा केन्द्रीय सदस्य सिवाकोटीले लेखेका छन्–‘प्रजातन्त्र दिवसको आम नेपालीमा शुभकामना, साथै आजबाट शुरु हुन लागेको नेपाली कांग्रेसको महासमिति वैठकमा आउनुहुने सबै अग्रज तथा साथीहरुलाई स्वागत गर्दछु। महासमिति वैठकमा पेस हुने प्रतिवेदनमा प्रस्तावित आउने चुनावदेखि कांग्रेसका शुभेच्छुकहरु र कार्यकर्ताले रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थालाई पेचिलो बनाएर त्यसलाई प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ता र शुभेच्छुकको भावना विपरित छ। आउनुस एकपटक फेरि कांग्रेसका शुभेच्छुकहरु र कार्यकर्तालाई रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थाका लागि महासमितिमा आवाज बुलन्द गरौं। महासमिति वैठकलाई पूर्ण सफल पारौं। जय नेपाल।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077