Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रजातन्त्र दिवस आज, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    प्रजातन्त्र दिवस आज, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 816
    SHARES

    काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

    नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा शभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।



    नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिइन्छ ।



    जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक वर्ष ७ फागुनमा यो दिवस मनाइँदै आएको हो ।

    फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदै आएको छ ।

    उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागीता रहने छ ।

    आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार