Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देशभरका लघुवित्त पीडित काठमाडौंमा

    देशभरका लघुवित्त पीडित काठमाडौंमा

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 750
    SHARES

    काठमाडौं । देशभरबाट करिब तीन हजार लघुवित्त तथा वित्तीय संस्थाका पीडितहरू काठमाडौंमा आइपुगेका छन् ।

    करिब छ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै आज काठमाडौं आइपुगेका हुन् । उनीहरू आउने क्रम जारी रहेको संघर्ष समितिले जनाएको छ ।



    सरकारले समिति बनाएर पनि केही काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको एक पीडितले बताए ।



    मुग्लिनबाट हिँडेका उनीहरू छ दिनका दिन शनिबार साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए ।

    आज उनीहरू थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार