Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नेपाल ‘ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य, बसिर अहमदको अर्धसतक

    नेपाल ‘ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य, बसिर अहमदको अर्धसतक

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 738
    SHARES

    काठमाडौं । नेपाल ‘ए’ले क्यानडा-११ लाई जीतका लागि २१७ रनको लक्ष्य दिएको छ ।

    मूलपानी क्रिकेट मैदानमा आइतबार जारी खेलमा निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २१६ रन बनायो ।



    मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन बनाएर अविजित रहे भने रशिद खानले ४० रन बनाए ।



    त्यसैगरी मयन यादवले ३५ रन, किरण थगुन्नाले २५ रन, सन्दीप जोराले १४ रन बनाए । प्रतिस जिसीले ४ रन, अर्जुन कुमालले ४ र विनोद भण्डारीले ५ रन मात्र जोड्न सके। शाहब आलमले २ रन बनाएर अविजित रहे ।

    क्यानडाका लागि साद जफरले ३ विकेट, ईश्वरजोत सोहीले २ विकेट, डिलन हेलिगर, हर्ष ठाकर र शाहिद अहमदजाईले एक एक विकेट लिए । यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार