Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • मन्त्री ज्वालाको राजिनामा माग्दै रविको प्रश्न – प्रमाण नभएकालाई समात्ने, दोषीलाई जोगाउने ?

    मन्त्री ज्वालाको राजिनामा माग्दै रविको प्रश्न – प्रमाण नभएकालाई समात्ने, दोषीलाई जोगाउने ?

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 702
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् ।

    प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय माग्दै उनले बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् ।



    उनले दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको आरोप लगाए ।



    “बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भनेका युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो,” लामिछानेले भने, “यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिदै आएको थियो । अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ । यसबारे न प्रधानमन्त्री चुइक्क बोल्नुहुन्छ । न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ ।”

    उनले सरकारले भ्रष्टाचारका फाइल किन खोल्दो रहेछ भन्ने पनि यही घटनाले थप प्रष्ट पारेको बताए । उनले सरकारले प्रमाण नभेटेका मान्छेलाई नक्कली प्रमाण र नक्कली उजुरी गरेर पनि कारबाहीको प्रयासमा रहने गरेको भन्दै प्रमाणितहरूलाई भने जोगाउन लाग्ने गरेको बताए ।

    “सरकार प्रमाण केही पनि नभएकाहरूलाई प्रमाण खोजेर जसरी पनि समात्न भनेर दबाब र्सिजनाका लागि रहने, छताछुल्ल भएकाहरूलाई आफ्ना वरपर राखेर हिडिँरहने हो भने विधिको शासनका बारेमा अब नबोले पनि हुन्छ,” लामिछानेले भने ।

    यसअघि एमालेका सचेतक महेश बर्तौलाले पनि मन्त्री ज्वालाको राजीनामा माग गरेका थिए । शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार