Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077