काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताएका छन् ।
पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रस्ताव शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गरे ।
सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रश्ताव रहेको पनि स्पष्ट पारे ।
Leave a Reply