Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विश्वकप लिग–२

    नेदरल्यान्ड्समाथि नेपालको सानदार जित, अनिल र आसिफको अर्धसतक

    नेदरल्यान्ड्समाथि नेपालको सानदार जित, अनिल र आसिफको अर्धसतक

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्समाथि सानदार जित निकालेको छ ।

    शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायो ।



    नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए । आसिफ ५४ र अनिल ५७ रनमा नट आउट रहे । यस्तै कुशल भुर्तेल २८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्माले १ विकेट लिए ।



    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए ।

    यस्तै बास दी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए ।

    सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

    अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश नेदरल्यान्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार