Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट तीर्थयात्री बोकेर गएको बस धादिङमा दुर्घटना

धादिङ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । घाइतेको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077