Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विश्वकप लिग–२

    नेदरल्यान्ड्सविरुद्ध नेपालको कसिलो बलिङ, गुमायो नवौं विकेट

    नेदरल्यान्ड्सविरुद्ध नेपालको कसिलो बलिङ, गुमायो नवौं विकेट

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 672
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको खेलमा नेदरल्यान्ड्सको नवौं विकेट पतन भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भुर्तेलले नवौं विकेट लिएका हुन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्डस्‌लाई उनले बोल्ड आउट गरे । योसँगै उनले व्यक्तिगत तेस्रो विकेट लिए ।



    यसअघि आठौँ विकेट पनि भुर्तेलले नै लेका थिए । सातौ विकेटका रुपमा कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सका शारिज अहमदलाई आउट गराए । भुर्तेलले छैटौं विकेटका अरुपमा २६.३ ओभरमा नेदरल्यान्ड्सका वेस्ली बरेसीलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए ।



    त्यस अगाडि पाचाँ विकेटका रुपमा कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहेका नोआह क्रशलाई रन आउट गरे । यसअछि चौथो र तेस्रो विकेट ललितनारायण राजवंशीले लिएका थिए ।

    यसअघि दोस्रो विकेट रन आउटमा गुमेको थियो भने पहिलो विकेट सोमपाल कामीले लिएका थिए । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्यान्डसले ब्याटिङ गरिरहेको छ ।

    पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश नेदरल्यान्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार