Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बालकुमारी घटना : मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर, नैतिक जिम्मेवारी लिन सिफारिस

    बालकुमारी घटना : मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर, नैतिक जिम्मेवारी लिन सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । ललितपुरको बालकुमारी घटना भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।

    पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वालाका कारण भएको ठहर गरेको हो ।



    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।



    सुरक्षा व्यवस्थालाई बेवास्ता गरेको भन्दै आयोगले उक्त घटनामा मन्त्री ज्वालाको दोष देखिएको आयोगको ठहर छ । आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ ।

    मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगको ठहर छ । गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

    उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य रहेको उक्त आयोगले शुक्रबार उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवदेन बुझाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार