Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • माइतीघर, सिंहदरबार र राष्ट्रपति कार्यालय क्षेत्रमा फेरि दुई महिना थपियो निषेधाज्ञा

    माइतीघर, सिंहदरबार र राष्ट्रपति कार्यालय क्षेत्रमा फेरि दुई महिना थपियो निषेधाज्ञा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 609
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको निषेधित क्षेत्र कायमै राखेको छ ।

    विवादकाबीच पनि माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल पूल हुँदै नयाँ बानेश्वर चोकसम्म पुनः निषेधाज्ञा कायम गरिएको हो ।



    शनिबारदेखि बढीमा दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशमा उल्लेख छ ।



    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यस्तो आदेश जारी गरिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार