Online Nepal
  • आइतबार, २० असोज २०८१
  • डीआईजी खापुङको निर्देशन – शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गर्नू

    डीआईजी खापुङको निर्देशन – शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 3.6K
    SHARES

    उदयपुर । कोशी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्र कुबेर खापुङले प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याउनु पर्ने बताएका छन् ।

    शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमणका क्रममा डीआईजी खापुङले यस्तो बताएका हुन् । उनले निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेश तथा हिरासत कक्षको निरीक्षण गरेका थिए ।



    निरीक्षणका क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले आवश्यक निर्देशनसमेत दिए । उनले सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्नु पर्ने बताए ।



    नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन तथा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गर्नका साथै प्रभावकारीरुपमा सचेतनामुलक कार्यक्रम संचालन गर्न समेत उनले निर्देशन दिए ।

    निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङले जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी कर्मचारीहरु तथा संचारकर्मीहरुसँग पनि भेटघाट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार